TRENDING

छुट्ला है नागरिक लगानी कोषको साढे तीन लाख कित्ता शेयर ! भोलि आवेदन दिने अन्तिम मिति

काठमाडौं । भोलि (चैत २ गते ) नागरिक लगानी कोषको साढे तीन लाख कित्ता हकप्रद शेयरमा आवेदन दिने अन्तिम मौका रहेको छ ।

फागुन २१ गते लिलामीमा विक्री खुला भएको कोषको अवितरण ३ लाख ५४ हजार १५० दशमलव शुन्य ५ कित्ता हकप्रद शेयरमा आवेदन दिने सोमवार अन्तिम दिन रहेको छ । कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेदेखि विक्री खुला गर्दा उक्त शेयर वितरण हुने नसकेको हो ।

यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कोषको शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग रहेको छ । विक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकको वीरगञ्ज, जनकपुर, चितवन, बाग्लुङ, बुटवल, रुपन्देही, बाँके, वीरेन्द्रनगर, धनगढी, कैलाली, झापा, हेटौंडा, दाङ्ग र महेन्द्रनगरको शाखा कार्यालयमा पनि बोलपत्र बुझाउन सकिनेछ ।