

काठमाडौं । एक साता भित्र काठमाडौं महानगरपालिकाका सहायक स्तरका कर्मचारीको समायोजन पत्र उपलब्ध गराइने भएको छ । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘सकारात्मक आचरण नेतृत्व विकास तालिम’को शुभारम्भ कार्यक्रममा यस्तो बताउनुभएको हो ।
कर्मचारीले जुनसुकै परिस्थितिमा पनि ‘पदीय दायित्व, सेवा भाव र आदेशको सृङ्खला’ बाट विमुख हुनु नहुने बताउँदै ज्ञवालीले माथिल्लो पदको अधिकारीसँग र नागरिकसँग सदैव जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । साविक स्थानीय निकायबाट सेवा प्रवेश गरेकालाई १ तह माथिको पदमा समायोजन गर्न महानगरले कानुन बनायो ।
काठमाडौं महानगरमा कार्यरत १५ सय ५० कर्मचारीलाई १ तह माथिको पदमा समायोजन गरिएको छ । फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन-२०७७’ बमोजिम कर्मचारीहरुको समायोजन गरिएको हो । माघ २३ गते बसेको ५६औं कार्यपालिका बैठकमा पेश भएको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको थियो । विशेष नगरसभामा समितिले विधेयक पेश गरेको थियो ।
समायोजन भएका अधिकृत स्तरदेखि माथिल्लो दर्जाका कर्मचारीलाई फागुन २४ गते पत्र दिइसकिएको छ । सहायकस्तरका कर्मचारीको पत्र तयार भइरहेको जानकारी दिँदै ज्ञवालीले हप्ताभित्र दिइसकिने बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७