

कर्मचारी आवश्यकता सम्वन्धी सूचना
प्रथम पटक प्रकाशन मितिः २०७७/११/२६
नेत्रावती डवजोङ गाउँपालिका, धादिङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालद्वारा सञ्चालन हुने “कृषि तथा पशुवस्तु उत्पादन र बजारीकरण साझेदारी परियोजना” कार्यक्रमका लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
१. आवश्यकता सम्वन्धी विवरणः
क) पदः कार्यक्रम संयोजक
पद संख्याः १ (एक) जना
न्युनतम योग्यतार कार्यानुभवः
-
- कृषि/भेटेनरी, समाजशास्त्र विषयमा स्नातक तह उतिर्ण गरी ३ वर्ष सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्यश्रृंखलामा काम गरेको अनुभव भएको ।
- योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
- सानाकिसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
- कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, सीप भएको ।
- कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
- स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
- कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
- कार्यक्रम संयोजक कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा बस्नुुपर्नेछ ।
ख) पद : प्रविधिक
पद संख्या : १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :
- भेटनरी विषयमा जे.टि. (JT) उत्तिर्ण गरी कम्तीमा १ वर्षको वा भि.जे.टि.ए. (V-JTA) उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
- कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
- स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
- प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
- कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
- प्राविधिक परियोजना क्षेत्रमा (field based) बस्नुपर्नेछ ।
ग) पद : लेखापाल
पद संख्या : १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :
- वाणिज्य शास्त्रमां १२ कक्षा उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
- लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्ष ।
- कम्प्युटर सम्वन्धी दक्षता भएको । लेखा सफ्टवेर सम्वन्धी अनुभवी ।
- लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
- स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको ।
- बजेट निकासा तथा फर्छौट स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको ।
- नियमित तथा आवश्यक्ता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासँग समन्वय र सम्पर्क राख्न सक्ने ।
घ) पद: सामुदायीक सहजकर्ता
पद संख्या : ५ जना (प्रत्येक वडामा १ जना)
न्युनतम योग्यता :
- १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्यश्रृंखलामा कार्यानुभव भएको ।
- स्वाभलम्वन समूह गठन तथा परिचालन सम्वन्धि अनुभव भएको ।
- स्वतन्त्र रुपले तालिम सहजीकरण तथा व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको ।
- महिला तथा युवा सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्वन्धी दक्षता भएको ।
- कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने विषेश ज्ञान भएको ।
- नेत्रावती डवजोङ गाउँपालिकाको तोकिएको वडामा स्थायी बसोवास भएको हुनुपर्ने ।
२. सेवा सुविधा : परियोजनाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तिम मिति : २०७७/१२/११ कार्यालय समय भित्र ।
४. परिक्षाको किसिम : लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
५. आवश्यक कागजातहरु : कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालको इमेल वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।
नोट : प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालमा रहने छ ।
एकिकृत सामुदायिकविकास अभियान (ICDC) नेपाल
नीलकण्ठ नगरपालिका–८ बगैचा, धादिङवेशी, धादिङ
इमेल : [email protected] फोन नं. ०१०–५२०५८१
सुचनापाटीबाट थप समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७