

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्य थालेको बताउनुभएको छ । भारत सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण गरिने विष्णुदेवी माध्यमिक विद्यालय भवनको सोमबार शिलान्यास गर्दै उहाँले २०२८ सालको शिक्षा ऐनलाई २१औँ शताब्दी सुहाउँदो बनाउन सङ्घीय शिक्षा ऐन तर्जुमाको तयारी भइरहेको बताउनुभयो ।
सार्वजनिक विद्यालयको गरिमा बढाउन तथा पठनपाठनको वातावरण बनाउन गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिँदै उहाँले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू दृढ रहेको बताउनुभयो । भारत सरकारको अनुदान रु छ करोड ४९ लाखको लागतमा पुनःनिर्माण हुन लागेको उक्त विद्यालय भवन नेपाल सरकारले निर्धारण गरेको भूकम्पमा नभत्किने मापदण्डअनुरुप बनाइने छ ।
शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने तीनवटा नयाँ संरचनामा १३ वटा कक्षा कोठा, प्रेक्षालय, प्रयोगशाला, कम्प्युटर र पुस्तकालय कक्षका साथै छात्रछात्राका लागि बेग्लाबेग्लै सुविधा सम्पन्न शौचालयको व्यवस्था हुनेछ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनःनिर्माणका लागि भारत सरकारले रु पाँच अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएअनुरुप उक्त विद्यालयको भवन निर्माण प्रारम्भ भएको हो ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७