

दक्षिण कोरिया । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छा अनुसारको कम्पनीमा जान पाउने भएका छन् ।
रोजगार दाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर) मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको छ ।
गत डिसेम्बरमा ग्रिनहाउस आवासमा राखिएकी एक कम्बोडियन श्रमिकको चिसोका कारण मृत्यु भएपछि श्रमिक सङ्गठनले आवासको राम्रो व्यवस्था सहित इपिएस प्रणालीमा सुधार गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका थिए ।
मन्त्रालयले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा काम गरिरहेका विदेशी नागरिकको जीवनस्तरमा सुधार गर्न अन्य तयारी समेत गरेको बताएको छ । यसका साथै अत्यन्तै न्यूनस्तरको आवास प्रदान गर्ने कम्पनीमा काम गर्ने प्रवासी कामदारले आफ्नो कार्यस्थल बदल्न अनुमति दिनुका साथै त्यस्ता कम्पनी मालिकलाई विदेशी कामदार राख्न प्रतिबन्ध लगाइने नियम ल्याइएको छ ।
हाल प्रवासी कामदारलाई उनीहरूको पहिलो कार्याविधिमा तीन पटक र दोस्रो सम्झौतामा दुई पटक गरी पाँचवर्षे कार्यकालमा पाँच पटकसम्म कार्यस्थल परिवर्तन गर्न पाउने अधिकार दिइएको छ । यसका लागि कम्पनी परिवर्तन गर्न रोजगारदाताको अनुमति अनिवार्य छ । कम्पनी परिवर्तन गर्ने इपिसएस कामदारले पाँचवर्षे कार्यकाल सकेपछि पुनः कोरियामा रोजगारी गर्न चाहेमा भाषा परीक्षा पुनःदिनुपर्ने लगायतका प्रावधान पनि राखिएको छ ।
रोजगारदाता द्वारा कुटपिट गर्ने, यौन दुव्र्यवहार गर्ने, अमानवीय व्यवहार गर्ने, तलब दिन ढिलाइ गर्नेलगायतका गल्ती प्रमाणित भएमा श्रमिकले आफूखुशी कार्यस्थल परिवर्तन गर्न पाउने नियम छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७