TRENDING

ज्योति लाइफको आईपीओमा ११ लाख ९८ हजार जनाले दिए आवेदन, अब कति दिन बाँकी ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा हालसम्म ११ लाख ९८ हजार ८३५ जनाको आवेदन परेको छ ।

आइतवार ५ बजेसम्म यी आवेदकहरुबाट २ करोड ६४ लाख ३३ हजार ९८० कित्ताका लागि २ अर्ब ६४ करोड ३३ लाख ९८ हजार बराबरको आवेदन परको विक्री प्रबन्धक एनएमबि क्यापिटल जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।

उक्त आईपीओमा छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने छ । न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

ज्योति लाइफ इन्स्योरेन्स