

काठमाडौं । पछिल्लो समय सुनको भाउ ओरालो लागेको छ । नेपाली बजारमा यो हप्ता सुनको मूल्यमा २ हजार ७ रुपैयाँको गिरावट आएको छ ।फागुन १६ गतेदेखि २१ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने छापावाला सुनको मूल्य प्रतितोला २ हजार ७ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य फागुन २१ अर्थात अन्तिम कारोबार दिन ८५ हजार ६ सय रुपैयाँमा झरेको थियो ।
त्यसैगरि, नेपाली बजारमा यस साता चाँदीको मूल्य पनि ओरालो लागेको छ । साताको पहिलो कारोबार दिनदेखि अन्त्यसम्म आउँदा तोलामा ७५ रुपैयाँले गिरावट आएको महासंघले जनाएको छ ।
साताको पहिलो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ थियो । अन्तिम कारोबार दिन अर्थात फागुन २१ गते भने प्रतितोला १२ सय ५० रुपैयाँ कायम भई खरिदविक्री भएको महासंघले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७