

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत ७ मा हुने निश्चित भएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशभरका सबै खाले साना तथा मझौला उद्योगी व्यवसायीहरुको हितका लागि काम गर्दै आएको छ ।
कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन र राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने लगायतका कार्य महासंघले गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा होस या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यि सबै समस्याहरु समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
आगामी ७ चैतमा हुने महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न हुने बताइएको छ । महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनको भोलि पल्ट हुने निर्वाचनले महासंघको भावी नेतृत्व चयन गर्ने समेत बताइएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७