

काठमाडौं । नागरिक लगानी कोषको लिलामी शेयर शुक्रवारदेखि विक्री खुला हुने भएको छ । कोषले ३ लाख ५४ हजार १५० दशमलव शून्य ५ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकले यस लिलामीमा शेयरमा चैत २ गतेसम्म आवेदन गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन गर्नुपर्नेछ ।
शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १० कित्ता लागि आवेदन दिनुपर्ने छ भने अधिकतमको लागि कुनै हद नलाग्ने कोषले जानकारी गराएको छ ।
साथै, राष्ट्रिय बाणिज्य बैंकका शाखा कार्यालयहरु पर्सा,धनुषा, नारायणगढ, बाग्लुङ, रुपन्देही, बाँके, सुर्खेत,कैलाली,विर्तामोड, हेटौंडा,दाङ, महेन्द्रनगर र नागरिक लगानी कोष नयाँबानेश्वर, काठमाडौं तथा शाखा कार्यालयहरुमा आवेदन बुझाउन सक्नेछन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७