मोरङ । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढङ्गले राजश्व कर तिर्ने व्यवस्थाका लागि मङ्गलबार अपराह्न देखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ ।
कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको अन्त्य गरी सहज ढङ्गले घरबाट भुक्तान गर्ने व्यवस्था मिलाइएको छ । महानगर प्रमुख भीम पराजुलीले उक्त प्रविधिबाट नगरवासीले सहजरूपले राजश्व बुझाउन सक्ने चर्चा गर्दै आगामी दिनमा यसमा थप सुविधा उपलब्ध गराउन आवश्यक सुझावका लागि आग्रह गर्नु भयो । उहाँले अहिलेको व्यस्त दिनचर्याको अवस्थामा सेवाग्राहीले सहजरूपले अनलाइन पोर्टलबाट सेवा प्राप्त गर्ने बताउँदै नगरवासीलाई अन्य सेवासुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८