

काठमाडौं । नेपाली शेयर बजारमा यस साता १७ करोड ३६ लाख कित्ता शेयर थपिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न १५ बैंक तथा वित्तिय संस्थाको १७ करोड ३६ लाख ९१ हजार ५९९ कित्ता शेयर सूचीकृत भएको छ ।
यस साता चार बैंक, चार लघुवित्त, दुई हाइड्रोपावर कम्पनी, एक बीमा कम्पनी, फाइनान्स तथा फण्ड लगायतका विभिन्न कम्पनीको शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार १२ कम्पनीको बोनस शेयर, दुई कम्पनीको आईपीओ र एक कम्पनीको हकप्रद शेयर गरी सूचीकृत भएको हो ।
नेप्सेमा फागुन ९ गते रिद्धि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ लाख ७८ हजार ८३७ कित्ता बोनस शेयर, सानिमा माई हाइड्रोपावर कम्पनीको २५ लाख ५३ हजार १ सय कित्ता, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ लाख ८१ हजार २५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
त्यस्तै, एभरेष्ट बैंकको ४२ लाख ३५ हजार १०३ दशमलव ४२ कित्ता, स्पर्श लघुवित्त वित्तिय संस्थाको १ लाख ८२ हजार ८०८ दशमलव ९७ कित्ता, आइटीएफसी फाइनान्सको ९ लाख ७७ हजार ६३८ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्से जनाएको छ ।
त्यसैगरि यस साता ओमी लुघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता, आशा लघुवित्तको ३ लाख ४८ हजार ४३२ कित्ता, स्ट्यान्र्ड च्यार्टर बैंकको ५६ लाख ८ हजार एक दशमलव ४७ कित्ता, ग्लोबल आइएमई लघुवित्तको ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता, मेगा बैंकको एक करोड ३३ लाख २२ हजार ६९५ दशमलव ४२ कित्ता र कृषि विकास बैंकको १ करोड ४३ लाख ३४ हजार ६९१ दशमलव ०५ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
त्यस्तै, यस साता शेयर बजारमा दुई कम्पनीको आईपीओ थपिएको छ । नेप्सेमा ८ दशमलव ५ प्रतिशत सानिमा ऋणपत्र २०८७ को ३० लाख ५२ हजार ४०४ कित्ता आईपीओ सूचीकृत भएको छ ।
यसै साता सानिमा लार्ज क्याब फण्डको १२ करोड कित्ता आईपीओ शेयर बजारमा थपिएको छ । त्यसैगरि शेयर बजारमा यस साता एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । अपी पावरको ६५ लाख ७० हजार कित्ता हकप्रद शेयर थपिएको नेप्से जनाएको छ ।
हेर्नुहोस्, नेप्सेमा यस साता थपिएका कम्पनीको सूची –
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७