

काठमाडौँ । देशको सबै भन्दा पुरानो विद्यालय दरबार हाई स्कूललाई चिनियाँ सरकारले शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । विसं २०७२ को भूकम्पबाट भत्केको उक्त विद्यालयको भवनको पुन र्निर्माण पनि चीन सरकारबाट नै भएको हो ।
चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा यहाँस्थित चिनियाँ राजदूतावासले पोशाक, १० हजार थान मास्क, पाँँच सय लिटर स्यानिटाइजर, एक हजार ५०० कपी, दुई बाकस सन्दर्भ पुस्तक, बास्केट बल, टेबलटेनिस, ब्याटमिन्टनका लागि आवश्यक पर्ने ब्याट, ¥याकेट लगायत सामग्री उपलब्ध गराएको हो । यसअघि पनि चिनियाँ दूतावासले उक्त विद्यालयलाई फर्निचर लगायत सामग्री सहयोग गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, राष्ट्रिय पुन : र्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७