

काठमाडौं । नेपाली शेयर बजारमा फेरि तीन अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशनको प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी भएको छ ।
बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वमा काठमाडौं रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी ल्याउने अन्तिम तयारी गरेका छन् । कम्पनीको अधिकृत पूँजी २० अर्ब रुपैयाँ,जारी पूँजी १० अर्ब रुपैयाँ रहने प्रस्ताव गरिएको छ ।
तत्काल चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहने र सर्वसाधरणलाई ३ अर्ब रुपैयाँको आईपीओ जारी गरि कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पु¥याउने कम्पनीले योजना बनाएको छ ।
कम्पनीमा ७० प्रतिशत संस्थापक शेयर हुनेछ । त्यसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत तर्फबाट लगानी हुनेछ । यस्तै वाँकी ३० प्रतिशतको लागि सर्वसाधारणलाई शेयर निष्काशन गर्नेछ । ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार वा पुनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको पनि कम्पनीले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७