

काठमाडौं । नेकपाको प्रचण्ड माधव समुहको विरोध कार्यक्रम आज खुसियाली सभामा रुपान्तरण भएको छ । संसद विघटनको निर्णयलाई बदर गर्दै हिजो सर्वाेच्च अदालतबाट जारी ऐतिहासिक फैसला पश्चात् आज खुसियाली सभा गरिने भएको हो ।
त्यसो त हिजै साँझ देशभर दिप प्रज्वलन गरि खुशियाली मनाइएको थियो । प्रचण्ड माधव समुहले संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको र सोहि अनुरुप आज हरेक जिल्लाका सदरमुकाम वा उपयुक्त ठाउँमा विरोध प्रदर्शन गर्ने निर्णय तय गरेको थियो । सोहि प्रदर्शन खुसियाली सभामा परिणत गर्न लागिएको प्रचण्ड माधव निकट स्रोतले जनाएको छ ।
यसैगरी काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्यान्ह १२ बजे भेला हुन नेता कार्यकर्तालाई निर्देशन दिइएको समेत बताइएको छ । चितवनमा रहेका प्रचण्ड र नेपाल पनि सो कार्यक्रममा सहभागी हुन आजै काठमाडौं आउने बताइएको छ ।
बजारबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७