

काठमाडौँ । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगानी कर्ताले भने आजको गिरावटलाई करेक्सनका रुपमा लिएका छन् । हरेक दिन उचाइ कायम गर्दै नयाँ उचाइ बनाएको नेप्सेमा आज झण्डै २१.१६ बिन्दुले गिरावट आई दुई जार ५८६.५१ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ ले घटेर ४६७.९४ मा ओर्लेको छ । कूल २०५ कम्पनीको एक करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर रु आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ बराबरको कारोवार भयो ।
नेप्सेमा आएको गिरावटसँगै बजार पूँजीकरण समेत घटेको छ । आज कूल ३५ खर्ब ६४ अर्ब १० करोड ४३ हजार बराबरको बजार पूँजीकरण कायम भएको छ । कारोवार भएका कूल १२ उपसमूह मध्ये आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर आरालो लागेको छ । व्यापार २६.७३ बिन्दुले उकालो लाग्दा बैंकिङ ७.७२, होटल ३१.५८, विकास बैंक ३०.२७, जलविद्युत् १२.४७, वित्त ७.०१, निर्जीवन बीमा ५२.०४, उत्पादन ९५.९९, अन्य ५१.११, लघुवित्त ६.३२, जीवन बीमा २०.२ र सामूहिक लगानी कोष ०।१६ ले ओरालो लागेको छ ।
केही दिन पहिले मात्रै कारोवारमा आएको नेपाल पूर्वाधार बैंकको शेयर आज शुरुवाती चरणमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको थियो । पुनः सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीको रु ७३ करोड ९४ लाख ५२ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।
यस्तै माथिल्लो तामाकोशी रु ४३ करोड ३९ लाख एक हजार ७७, नबिल बैंक रु ३७ करोड ३५ लाख ५८ हजार ९६७, एनआइसी एशिया बैंक रु ३२ करोड ८० लाख ५० हजार ३८१, ग्लोबल आइएमई बैंक रु २९ करोड ६२ लाख ९२ हजार ५८, नेको इन्स्योरेन्स रु २७ करोड ४९ लाख ६२ हजार ४५९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड ५६ लाख सात हजार ८४५, नेपाल पुनरबीमा कम्पनी रु २५ करोड ५६ लाख दुई हजार २३२, नेपाल बैंक रु २४ करोड ६९ लाख ६७ हजार ८०५ र अपि पावर कम्पनी रु २३ करोड ४८ लाख १२ हजार ८०१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा आज नेपाल फाइनान्स ९.९३, अपि पावरक म्पनी ९.६७, लिवर्टी इनर्जी ९.६५, हिमालयन पावर पार्टनर ९.५९, एनएलजी इन्स्योरेन्स ५.८२, चन्द्रागिरि हिल्स ५.७६, उन्नति सहकार्य लघुवित्त ५.०७, अरुण भ्याली हाइड्रोपावर ४.९४, रैराङ हाइड्रोपावरका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए ।
त्यस्तै, पूर्वाधार बैंक १०, आँखु खोला जलविद्युत् कम्पनी ६.६७, युनिलिभर नेपाल ५.२८, एनएमबी ५० का लगानीकर्ताले ५.१८ प्रतिशतले गुमाउँदा पञ्चकन्या माई हाइड्रोपावर ४.६१, कर्पोरेट डेभलपमेन्ट बैंक ३.९८, खानीखोला हाइड्रोपावर ३.९१ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.८३ प्रतिशतले गुमाए ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७