TRENDING

निःशुल्क बालरोग शिविर

बाँके । बर्दियाको बाँसगढीस्थित एसओएस स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क बालरोग शिविर सञ्चालन गरिएको छ । सो केन्द्र, लायन्स क्लब अफ नेपालगञ्ज सेन्टर र अलस्का रामारोशन मेडिकल हल नेपालगञ्जले संयुक्तरुपमा शिविर आयोजना गरेका हुन् ।

भेरी अस्पतालका बालरोग विशेषज्ञ डा विष्णुबहादुर थापाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो । शिविरमा ६८ बालबालिका लाभान्वित भएका एसओएस प्रमुख शिव चौधरीले जानकारी दिनुभयो । बाँसगढी नगरपालिकाका वडा नं २, ३, ४, ५, ६ का र बढैयाताल गाउँपालिका वडा नं ४ र ५ का विपन्न परिवारले पनि शिविरबाट स्वास्थ्य सुविधा लिएका थिए । शिविरमा प्रयोगशाला परीक्षणका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

एसओएस युवालय नेपालगञ्जका प्रमुख तुलाराम विश्वासले सन २०२१ भित्र सहयोगी संस्थासँगको सहकार्यमा १० निःशुल्क शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।