

काठमाडौं । नेपाल स्टक एक्चेञ्च (नेप्से)मा कारोबार सुरु भएको दिनदेखि नै नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ ।
साताको अन्तिम कारोबार दिन (फागुन ६ गते) पनि बैंकको शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको थियो । उक्त दिन प्रतिकित्ता ५४६ पुगेको थियो ।कारोबार सुरु भएको दोस्रो दिन सर्किट लागेर बैंकको अन्तिम कारोबार ४११ मा भएको थियो । तेस्रो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४३१ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको थियो ।
यसरी लगातार सकारात्मक सर्किट लागेको बैंकको शेयर मूल्य अझै कति बढ्छ त ? यो पछिल्लो समयम लगानीकर्ताका लािग चासोको विषय बन्न पुगेको छ । कतिले त अब आउने कति दिनमा प्रतिकित्ता १५०० रुपैँया पुग्ला भनेर फरक-फरक अनुमान लगाउन समेत थालिसकेका छन् ।
यद्यपि, बजारलाई कसैले चिनेको हुदैन। बजार भाउ के हुन्छ ? कसैले जान्न सक्दैन, यो मात्र एक आकलन हो । अहिले बैंकको शेयर १० प्रतिशतका दरमा वृद्धि भइरहेको छ । कारोबार सुरु भएदेखिको अवस्था र यहि दरमा वृद्धि हुने आकलन गर्ने हो भने अब ११ कारोबार दिनसम्म यसको मूल्य प्रतिकित्ता १५ सय पुग्ने देखिन्छ ।
निफ्राको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा कहिले पुग्ला त प्रतिकित्ता १५ सय ? हेर्नुहोस् अनुमानित आकडा !
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७