

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको कदमविरुद्ध आज ७७ जिल्लामा कांग्रेसका जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा सहभागी भएकाप्रति आभार व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज विज्ञप्ति मार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य र सामाजिक सञ्जाल मार्फत भूमिका निर्वाह गर्ने युवालाई बधाई ज्ञापन गर्नुभएको छ । साथै उहाँले कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी प्रति पनि धन्यवाद ज्ञापन गर्नुभएको छ ।
उहाँले प्रदर्शनले प्रतिनिधिसभा विघटन, मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा देखिएको अकर्मन्यता र कुशासनका विरुद्ध जनभावना अभिव्यक्त भएको समेत उल्लेख गर्नुभएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७