TRENDING

लगानी गर्ने अर्को अवसर : यही शुक्रवारदेखि आउँदैछ ८ करोडको आईपीओ, कति कित्तासम्म दिने आवेदन ?

काठमाडौं । आउँदो शुक्रवारदेखि (फागुन ७ गते) रुरु जलविद्युत् परियोजनाको आईपीओ आउने भएको छ ।

रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको पाएको थियो ।  पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ फागुन २१ गतेसम्म छिटोमा र ढिलामा चैत ८ गते बैंकिङ समयपछि हुने बताइएको छ ।