

काठमाडौ । मकवानपुर जिल्ला प्रहरी कार्यालयले चोरी भएको मोटरसाइकलमा संलग्न तीन जनालाई मोटरसाइकल सहित पक्राउ गरी आज कारबाही प्रक्रिया शुरु गरेको छ ।
हेटाँैडा उपमहानगरपालिका–१५ का शेरबहादुर पाख्रिनको वाग्मती प्रदेश ०३–००२ ५०५१६ नंको चोरी भएको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाइएको छ । पक्राउ पर्नेमा सर्लाहीको वाग्मती गाउँपालिका–१२ का २० वर्षीय टेकबहादुर गोले, सर्लाही लालबन्दी नगरपालिका–१४ का २७ वर्षीय जनक तामाङ र सिन्धुली मरिण गाउँपालिका–८ बस्ने २० वर्षीय निकेश वाइवा पक्राउ परेको सो प्रहरी कार्यालयका प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
चोरीमा संलग्न रहेका सिन्धुली मरिण गाउँपालिकाका सुरज तामाङको खोजतलास जारी रहेको उहाँले भन्नुभयो । पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान प्रक्रिया शुरु भएको बताइएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७