

टोकियो । जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते भएका छन् ।
शुरुमा यो भूकम्प ७.१ म्याग्नीच्युडको मापन गरिएको थियो भने पछि यो भूकम्प ७.३ को भएको जापान मौसम विभागले जनाएको छ । सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ ।
केन्द्रविन्दु रहेको फुकुसिमा तथा मियागी प्रान्त, कान्तोलगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमहरुले जनाएका छन् । शनिबार गएको सो भूकम्प सन् २०११ को ९.० म्याग्नीच्युडको भूकम्पको नै परकम्प भएको टोकियोको भूकम्प अनुसन्धान संस्थानका प्राध्यापक केन्जी सातकेले बताउनु भएको छ । सन् २०११ को भूकम्प को अति शक्तिशाली भएकोले १० वर्षपछि यसको परकम्प देखिनु अचम्म कुरा नभएको सातकेले बताउनु भएको छ ।
सन् २०११ मा गएको ९.० म्याग्नीच्युडको भूकम्पपछिको सुनामीको कारण करिब १९ हजार व्यक्ति मारिनुको साथै वेपक्ता भएका थिए । त्यसैबीच जापानको नामिएमा आइतबार पुनः ५.१ म्याग्नीच्युड भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण सस्था९युएसजिएस०ले जनाएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७