

काठमाडौं । माघ महिनामा सुनको भाउ ओरालो लागेको छ । माघ महिनाको अवधिभर सुनको मूल्य प्रतितोला एक हजार २ सय रुपैँयाले घटेको हो ।
माघ महिनाको पहिलो कारोबार दिन र महिनाको अन्त्यसम्मको तुलनामा छापावाला सुनको मूल्य समग्रमा गिरावट आएको हो ।
माघ महिनाको पहिलो कारोबार दिन ९२ हजार १ सय रुपैँयामा कारोबार भएको थियो । महिनाको अन्त्यसम्म आउँदा ९० हजार ९ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही महिना अगाडि एक लाख रुपैँया बढी पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य माघ महिना अवधिभर भने ओरालो लागेको छ । महासंघका अनुसार समग्र माघको महिनाको तुलनामा सुनको भाउ २० गतेमात्र उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६ सयममा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ । माघमहिनाको अन्त्यसम्म प्रतितोला ७५ रुपैँयाले बढेको महासंघले जानकारी दिएको छ । महिनाको पहिलो कोरोबार दिन १२ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।
माघ ३० गते भने तोलाको १३ सय २० रुपैँयामा कारोबार भएको थियो । यस अवधिमा माघ १९ गते सबैभन्दा उच्च वृद्धि भएको महासंघले जनाएको छ । उक्त दिन चाँदीको भाउ प्रतितोला १४ सय रुपैँयामा कारोबार भएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७