

काठमाडौं । आजैदेखि लागू हुने गरि एनआईसी एशिया बैंकले नयाँँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप तथा कर्जाका लागि नयाँ ब्याजदर घोषणा गरेको हो ।
बैंकले विभिन्न बचत खातामा न्युनतम १.५ प्रतिशतदेखि अधिकतम ३.५ प्रतिशत ब्याजदर तय गरिएको छ । यस्तै, बैंकले युवा बचत खातामा १.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैैंकका अनुसार युवा बचत खातामा न्यूनतम १०० रुपैंया हुनुपर्नेछ । साथै, सुल्भ बचत खातामा न्यूनतम ५०० रुपैंया हुनुपर्नेछ ।
बैंकका अनुसार सुल्भ बचत खातामा, जीवन बचत खातामा, बाबु नानी बचत खातामा १.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैैंकले अन्य विभिन्न बचत खातामा १.५ र ३.५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।
यसैगरी बैंकले मासिक निक्षेप खातामा व्यक्तितर्फ ६.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै,मुद्दति खातामा संस्थागत तर्फ पनि ६.५० प्रतिशत नै ब्याजदर निर्धारण गरेको छ । संस्थागत तर्फ मुद्दति खातामा ३ महिना र सो माथिको लागि ६.५० प्रतिशत ब्याजदर रहेको छ ।
यसैगरी बैंकले कर्जा तर्फ आधारदरमा न्यूनतम १३ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको छ । हाल बैंकको आधार रेट ६.६५ प्रतिशत रहेको छ । सोही आधारदरमा तोकिएको प्रिमियम थप गरेर व्याजदर निर्धारण गरिने बैंकको भनाइ छ ।
बैंकले सवारी कर्जाका लागि ५ वर्षसम्म १३ प्रतिशत ब्याजदर, ७ वर्षसम्म १३.५० प्रतिशत र १० वर्षसम्मका लागि १४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले घर कर्जातर्फ ५ बर्षका लागि १४ प्रतिशत,१० वर्षका लागि १४.५० प्रतिशत र १५ वर्षका लागि १५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने शिक्षा कर्जाका लागि ५ वर्षका लागि १३ प्रतिशत , १० वर्षका लागि १३.५० प्रतिशत र १५ वर्षका लागि १४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै ५ वर्षे व्यक्तिगत कर्जाको लागि १५ प्रतिशत ब्याजदर र ५ वर्षे विदेशीक रोजगार कर्जाको लाािग पनि १५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७