

वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालय सँग पर्याप्त मात्रामा युरिया मल भए पनि बेमौसम चलिरहेकाले यसको बिक्री प्रभावित भएको छ । शुरु शुरुमा गहँु छर्ने समय भएकाले युरिया मलको अत्याधिक माग रहेको थियो । अहिले अफसिजन भएकाले उक्त मल बिक्री हुन नसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले हामीलाई बताउनु भयो ।
चालू आर्थिक वर्षको पुस मसान्त सम्ममा सो कार्यालयले युरिया मल तीन हजार ६२७ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार २२८ दशमलव २५० मेट्रिक टन र पोटास ३५३ दशमलव ६५ मेट्रिक टन बिक्री गरेको भए पनि अहिले सो कार्यालयको गोदाममा युरिया दुई हजार मेट्रिक टन, डिएपी तीन हजार मेट्रिक टन र पोटास दुई हजार २०० मेट्रिक टन मौज्दात अवस्थामा रहेको सो कार्यालयले जनाएको छ ।
बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल फागुनको पहिलो हप्ता सम्म नेपाल आइपुग्ने छ । त्यहाँबाट आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये २० हजार मेट्रिक टन मल वीरगञ्जका लागि आउने छन् । मल आउने क्रम जारी रहेकाले यसको अभाव नदेखिने भए पनि बेमौसम भएकाले मलको बिक्री भने सोचे जस्तो हुन नसकेको बताइएको छ ।
मल आयातका लागि सबै प्रक्रिया सकिएकाले आजदेखि बङ्गलादेशबाट मल बोकेका कन्टेनर नेपालका लागि छुट्ने छन् । पहिलो चरणमा २० हजार मेट्रिक टन प्याकिङ्ग गरिएको युरिया मल ल्याउन भारतीय भन्सारसँग प्रक्रिया मिलाउने काम भइरहेको सो कार्यालयले जनाएको छ ।
पहिलो खेपमा २० हजार मेट्रिक टन मल आउने र दोस्रो खेपमा बाँकी रहेको ३० हजार मेट्रिक टन मल आउने छ । नेपालले बङ्गलादेश बाट आज देखि बङ्गलादेशको चट्टोग्राम बाट मल बङ्गला जलमार्ग मार्फत जेश्वररफुल्ना, रोहनपुरर सिंहबादहँुदै रेलमार्ग मार्फत विराटनगर, वीरगञ्ज र भैरहवाका गोदाममा सो मल आउने बताइएको छ ।
उता तेस्रोमुलुक अमनबाट ३० हजार मेट्रिक टन युरिया मल नेपाल आउने क्रम जारी रहेको छ र त्यसमध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, विराटनगरका लागि सात हजार ५०० मेट्रिक टन र भैरहवाका लागि १० हजार मेट्रिक टन हुनेछ। कार्यालयले पर्साका १४ स्थानीय तहमा रहेका ११९ वटा सहकारी संस्थामार्फत सो मल बिक्री गर्दै आएको छ ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७