

लहान । सङ्क्रमण फैलिएको ११ महिनापछि सिराहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिराहामा शुक्रबार सम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ । जिल्लामा हाल सम्म १२ हजार ४५० को स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ नेगेटिभ तथा एक हजार ६४८ पोजेटिभ आएको थियो । तीमध्येका २५ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
पहिलो चरणमा तीन हजार ९३० लाई कोरोना खोप लगाउनुपर्नेमा हालसम्म ३ हजार २८७ लाई खोप लगाइसकेको प्रमुख यादवले बताउनु भयो । जिल्लामा कोरोना सङ्क्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेकाले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पुरा गर्न प्रमुख यादवले सबैसँग आग्रह गर्नुभयो ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७