

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावी रुपमा बस भित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिनुभयो । “चन्द्रागिरिले चालु आर्थिक वर्षका लागि सडक सरसफाइमा रु २० लाख रकम विनियोजन गरेको छ”, नगरप्रमुख गिरिले भन्नुभयो ।
यस्तै, चन्द्रागिरिले राजमार्गको बीच भागमा सडक डिभाइडर, तारजाली राख्नका साथै त्यसमा इनामेल तथा रङरोगन गर्नका लागि रु ५० लाख विनियोजन गरेको छ । चन्द्रागिरिको थानकोट नाका हुँदै दैनिक एक लाख भन्दा बढी निजी तथा सार्वजनिक सवारी साधन उपत्यका प्रवेश गर्दै आएका छन् ।
उक्त नगरपालिकाले रु एक करोड लागतमा पिप्लामोड–नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक बत्ती समेत राख्न लागेको छ । अहिले ५०० सडक बत्ती राख्ने योजना बनाएको सो नगरपालिकाले आगामी दिनमा २०० बत्ती थप गर्ने बताएको छ ।
यसैगरी, सो नगरपालिकाले राजमार्ग क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि दुई महिना पहिला नै सिसि क्यामरा समेत जडान गरिसकेको छ । उक्त नगरपालिकाले रु एक करोडको लगानीमा ६८ वटा अत्याधुनिक सिसि क्यामरा जडान गरेको थियो । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिका १५ मध्ये ११ वडा राजमार्ग क्षेत्रमा पर्दछन् । चन्द्रागिरि नगरपालिकामै एशियाली विकास बैँकको सहयोगमा नेपालकै पहिलो सुरुङ मार्गसमेत निर्माण हुन लागेको छ । जसको निर्माण कार्य धमाधम भइरहेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७