

लन्डन । बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिख देखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ । बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरुमा बस्नुपर्ने नियम बताइएको छ ।
बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ । दक्षिण अमेरिका, दक्षिण अफ्रिका लगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ । ती देशका नागरिक बेलायत आएपछि अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको समाचारमा जनाइएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७