

धादिङ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकामा साना किसान सबलिकरण कार्यक्रम अन्तरगत बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल,सिद्धलेक गाउँपालिकाको साझेदारीमा सो कार्यक्रम सम्पन्न भएको बताइएको छ । माघ १७ गते सिद्धलेक ३ स्थित ढोडेनिमा सम्पन्न कार्यक्रममा १२ जनालाई जनहि दुई दुई वटा बाख्रा वितरण गरिएको हो ।
सिद्धलेक कै जमुना स्वाबलम्वि महिला समुहले गंगा स्वावलम्बी महिला समुहका सदस्यहरुलाई बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस समेत वितरण गरेको थियो । जमुना स्वावलम्बी महिला समुहका अध्यक्ष मिना मगरको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिका का उपाध्यक्ष कमला शर्माको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रम सिद्वलेक गाउँपालिका वडा नं ३ का वडाध्यक्ष देव बहादुर मगर , प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,उपाध्यक्ष विपिना मगर, सचिव वीर बहादुर श्रेष्ठ ,कार्यकारी निर्देशक दामोदर अर्याल ,उपहार महिला सहकारीका उपाध्यक्ष अस्मिता थापा मगर व्यवस्थापक हरि तिमल्सिना ,संचारकर्मीहरु , सिद्धलेक ३ मा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरको समेत सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी कोेईरालाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सिद्धलेक गाउँपालिका उपाध्यक्ष कमला शर्माले महिला शसक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो । आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो ।
गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपालले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष शर्माले सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने भन्दै उहाँले बाँझो राख्न नपाईने भनी गरेको निर्णयलाई पनि कार्यक्रमले सहयोग गरेको र महिला दिदिबहिनी मार्फत आयआर्जन र सकारात्मक सोच विकास भएकोमा गाउँपालिका खुशि रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा आफ्नो भनाई राख्दै प्रयास नेपालका अध्यक्ष रेष्टन कडेल र कार्यकारी निर्देशकले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको साथै स्थानीय सीप, प्रविधि ,जमिनको प्रयोग गरि आयआर्जनको लागि कार्यक्रम गर्न गाउँपालिकाको सहकार्यमा सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो ।
सिद्धलेक गाउँपालिकामा हाल मुल तथा उपहार गरि ६९ समूह र उपहार महिला कृषि सहकारी मार्फत कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनुभयो ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७