

काठमाडौं । अघिल्लो कारोबार दिनको तुलनामा आज नेप्से ५४.७५ अंकले घटेको छ । यसअघि पाँच दिनसम्म २४ सय माथि उक्लिएको नेप्से आज २३७०.५४ विन्दु मै बन्द भएको हो । बजार निरन्तर उकालो लागिरहेको बेलामा लागेको यो ब्रेकलाई विशेषज्ञहरुले भने करेक्सन भएको बताएका छन् । लामो समयसम्म बजार उकालो लागेको भन्दै लगानी कर्ताहरुले करेक्सन खोजेका बेलामा यो गिरावट आएको हो । आफ्नो लगानी सुरक्षित गर्नका लागि लगानीकर्ताहरुले चाहेकै बखत यसरी उतारचढाब आउनुलाई विशेषज्ञहरुले सामान्य मानेका छन् । यस्तो घटबढले बजार बलियो बनाउने तर्क समेत उनीहरुको रहेको छ । यसका साथै सेन्सेटिभ इन्डेक्स पनि ९.७३ अंकले घटेर ४३२.३३ अंकमा पुगेको छ ।
आज २ सय ४ कम्पनीको ८७ हजार ५ सय ७६ पटकको कारोबारमा ८ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ। स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १२ वटै उपसमूहहरुको सेयर घटेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३९ करोड ८९ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७