TRENDING

बालमैत्रि बन्ने अभियानमा धादिङ, संस्थाद्धारा यस्तो सहजिकरण

धादिङ । प्रयत्नशिल सामुदायिक विकास अभियान (प्रयास) नेपाल धादिङको आयोजनामा राउण्ट टेबल बैठक सम्पन्न भएको छ । बालअधिकार तथा बालमैत्री स्थानीय शासनका बारेमा केन्द्रित रहेर आयोजना गरिएको उक्त कार्यक्रममा बालबालिकाहरुको विद्यमान सवाल पहिचान एवं पहिचान भएका सवालहरुलाई सहकार्यमा समाधान गर्ने र सो कार्यका लागि कार्ययोजना समेत तयार पारिएको छ ।

जिल्लाको धुनिबेसी नगरपालिका र थाक्रे गाउँपालिकामा सो राउण्ड टेवल बैठक सम्पन्न भएको हो । बैठकमा धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल ,प्रमुख प्रशासकीय अधिकृत हरिभक्त कँडेल सहित शिक्षा,महिला बालबालिका र सामाजिक शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यसैगरी थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती ,प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल सहित शिक्षा,महिला बालबालिका र सामाजिक शाखा प्रमुखहरु र न्यायिक समितिका सदस्हरु ,प्रयास नेपालका अध्यक्ष रेष्टन कँडेल,कार्यकारी निर्देशक दामोदर अर्याल लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।