

दमक । झापाको दमक–६ मा रहेको ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीले छापा मारेको छ । सो क्रममा लाखौँ मूल्यका अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । दमक–६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रुपमा कारोवार गर्दै आएका जीतेन्द्र साहसहित ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
उहाँका अनुसार बरामद गरिएको खाद्य वस्तुको मूल्य रु तीन करोड रहेको अनुमान छ । बरामद गरिएको सामानको मूल्यको बिल भने रु ८७ लाख २६ हजार ५२० रहेको पाइएको छ । काठमाडौँको बालाजुमा दर्ता रहेको ग्लोबल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्यवस्तु खरिद गरेको र अन्य वस्तु भन्सार तथा राजस्व छली गरी ल्याइएको आशङ्कामा प्रहरीले ती सामान बरामद गरेको उहाँले बताउनुभयो ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७