

लहान । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित मिर्चैया–८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ निवासी ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादवलाई पक्राउ गरेको हो ।
मिर्चैया–९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुकाइछिपाई राखिएको गाँजासहित तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । सो क्रममा प्रहरीले स६प ३८६५ नंको डिस्कोभर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार रहेका रणबहादुर श्रेष्ठको खानतलासी भइरहेको प्रहरीले जनाएको छ ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७