

काठमाडौँ । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबार देखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट हुने लोगोले रु पाँच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उक्त लोगो ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ को औपचारिक लोगो हुनेछ । ओलम्पियाड सम्बन्धी नेपाली समाजमा जनचेतना कार्यक्रम अन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिँदै आएको सोसाइटीले जनाएको छ ।
सोसाइटीले ओलम्पियाडमा विद्यालय तहका प्रतिस्पर्धी विद्यार्थी मात्र नभई अन्य तहका व्यक्तिको पनि सहभागिता होस् भन्ने उद्देश्यले हरेक वर्ष ओलम्पियाडको लोगो प्रतिस्पर्धा गराउँदै आएको छ । यसैअनुरुप आठौँ ओलम्पियाडका लागि आइतबार देखि आवेदन खुला गरिएको छ । प्रतियोगितामा हालसम्म कपिल रोकाया, योञ्जन जेन्सुन, सन्दीप तिवारी, सम्राट राई, सफल श्रेष्ठ, रेमन बाला तथा सुनिल खड्गीले विजेताको उपाधि हासिल गरिसकेका छन् ।
लोगोमा खगोल विज्ञान, शिक्षा, नेपाल र ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ समावेश गरिएको हुनुपर्ने नियम छ । आवेदन निःशुल्क छ तर एक व्यक्तिले बढीमा तीन लोगो पेश गर्न सक्ने जनाइएको छ । डिजाइनमा आफ्नै मूल विचार र सिर्जना हुनुपर्छ । लोगो ६०० र ६०० पिक्सेलको आकारमा हुनुपर्छ । लोगो बढीमा ५० शब्दमा वर्णन गरिएको हुनुपर्छ । बिना विवरणको डिजाइन मूल्याङ्कन नगरिने जनाइएको छ । इच्छुकले www.nepalastronomicalsociety.org/olympiad मा गई आफ्नो सिर्जना आवेदनमार्फत दिन सकिने जनाइएको छ । कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले बताउनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७