TRENDING
होमपेज
बलात्कारको आरोपमा पक्राउ


भक्तपुर । एक महिलाको कोठामा गएर बलात्कार गरी फरार रहेका रामेछाप मन्थली नगरपालिका–१० का ५१ वर्षीय भरत बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघरमा डेरा गरी बस्ने बोहोरालाई प्रहरीले अदालतको आदेश लिई रामेछाप प्रहरीसँगको समन्वयमा मन्थली स्थित घरबाटै पक्राउ गरी भक्तपुर ल्याएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
भरतले यही माघ २ गते ३३ वर्षीया ती महिलालाई उनकै कोठामा जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाले माघ ३ गते उजुरी दिएपछि फरार बोहोराको प्रहरीले खोजी गरेको थियो । प्रहरीले आज जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरेको उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७