

दमक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले लोकतन्त्र र आर्थिक समृद्धिका लागि प्रधानमन्त्री ओलीको त्याग, समर्पण र योगदान उच्च रहेको बताउनुभएको छ ।
सार्वजानिक पुस्तकालयको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले प्रजातन्त्रका लागि १४ वर्ष बढी जेल जीवन व्यतित गर्नुभएका प्रधानमन्त्री ओलीका योगदानकै कारण अहिले देशले काँचुली फेरेको हो भन्नुभयो ।
सरकारले संसद् विघटन गरेर आम निर्वाचनमा जान बाध्यता भएको उल्लेख गर्दै उहाँले भन्नुभयो ,“अब दलहरुले निर्वाचनमार्फत जनताको बीचमा जानुपर्छ । ” मन्त्री ढकालले पठन संस्कृतिको विकास गर्नु सार्वजनिक पुस्तकालयको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ योगदान पु¥याउनुपर्ने उल्लेख गर्नुभयो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष राम थापा ,उद्योगी भोलेश्वर दुलाललगायतले पठन सस्कृतिका लागि पुस्तालयको भूमिका अहं रहने बताउनुभयो ।
देशभरिका १५ वटा शाखाबाट करिब १०० जना प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७