

तेह्रथुम । “ऋण लागोस् तर दिन नलागोस्” भन्ने उक्ति नेपाली समाजमा रहेको पाइन्छ । यहाँ यो उक्ति उल्टो सावित भएको छ । इन्द्रमाया रोक्कालाई ऋणभन्दा बढी दिन लागेको छ । छथर गाउँपालिका –२ हमरजुङकी इन्द्रमाया रोक्काकी जेठी छोरी कमला दाम्लामा बाँधिएको वर्षौंँ भयो । उनले जन्माएको छोरो १६ वर्ष पुगिसकेको छ तर अहिलेसम्म बाबु को हो भन्ने थाहा छैन । रोक्का ३६ वर्षीया छोरी कमलालाई दाम्लाले बाँधेर राखेको १९ वर्ष भइसकेको बताउनुहुन्छ ।
तीन वर्षदेखि नै कमलाले क्रमशः पूरै मानसिक सन्तुलन गुमाइन् । उमेर बढेसँगै उनले अनौठा क्रियाकलाप गर्न थालिन् । दलित समुदायकै विपन्न परिवारकी गृहिणी इन्द्रमाया गरीबीका कारण परिवार चलाउन कमलालाई तीन वर्षदेखि नै गोठमा डोरीले बाँधेर एक्लै छाडी मेलापात हिँड्न थाल्नुभएको हो ।
इन्द्रमायाले स्थानीयवासीको सल्लाहमा नजीकका स्वास्थ्यचौकी र अस्पतालमा पु¥याए पनि छोरीको मानसिक सन्तुलन फर्केन । उहाँले हार नमानी केही वर्षअघि दलित सचेतना समाज नेपालका संयोजनमा २०६८ साल मङ्सिर १५ गते मानसिक रोगी छोरीलाई घरबाट काठमाडौँस्थित मेरिनोल नेपाल आशादीप नामक संस्थामो उपचारका लागि पु¥याउनुभया।े । कमलालाई मेरिनोल नेपालले छ महिना सम्म उपचार गरी घर पु¥याइदिएको थियो । उपचारहुञ्जेल केही राम्रो भए जस्तो भए पनि काठमाडौँबाट आएपछि भने कमलाले औषधि खानै छाडिन् । आमा इन्द्रमाया भन्नुहुन्छ, “औषधि खाइस् भनेर सोध्दा खाएँ भन्थी, तर औषधि नखाई घर नजीकै रहेको खोलामा फालेको पो भेटियो ।” मानसिक रुपमा ठीक नभएपछि कमलालाई घरमा थाम्न सक्ने अवस्था रहेन । उनले लगाइएको कपडा च्यात्ने, आफ्नै शरीर कोतर्ने, भीर पाखा तिर दौडने, गाईवस्तुु फुकाइदिने, बाली लगाइएको ठाउँतिर गाईवस्तु खेदिदिने, घरका सरसामान फाकीदिने भत्काउने जस्ता उच्छ्ीङखल व्यवहार गर्न थालिन् ।
मानसिक सन्तुलन गुमाएकी कमलाका एक छोरा पनि छन् तर उसको बाबुको अत्तोपत्तो छैन । कमलालाई गाउँकै कसले बलात्कार गरेर गर्भवती बनायो भन्ने पनि परिवारका कसैलाई थाहा छैन र पीडकलाई सजाय दिलाउन सकिएको छैन । उनका छोरा नजीकैको स्कूलमा ५ कक्षा पढ्दा पढ्दै छाडेर अहिले गाईगोरु बेच्ने खरिते भएका छन् ।
इन्द्रमायाकी कान्छी छोरी लक्ष्मी पनि मानसिक रोगी छन् । केही वर्षदेखि मानसिक रोगले ग्रसित २५ वर्षीया छोरीको व्यवहारले पनि इन्द्रमायालाई खुब पीडा दिएको छ । उनको अवस्था दिदीको जस्तो छैन । उनी बोल्दिनन् तर बिहानै घरबाट निस्केर गाउँभरि डुल्ने गर्छिन् । कुनबेला कहाँ पुगेर के होला भन्ने चिन्ताले इन्द्रमायाको मन हुँडलिन्छ । जेठी छोरीसँंगै कान्छी छोरी पनि मानसिक रोगी हुँदा आमाको भक्कानो फुटेर आउँछ ।
इन्द्रमायाको जीवनमा अरु पनि धेरै दर्दनाक पीडा छन् । उहाँ आफैंँलाई लामो समय छरछिमेकी बाट बोक्सीको आरोप लागेको थियो । उहाँलाई कतिपय छरछिमेकी र आपmन्तले छिछि, दुरदुर गरे । यसैकारण उनी वर्षाँैंसम्म घर बाहिर निस्कन सकिनन् । यससँगै उहाँलाई केही वर्ष यता दम, मिर्गौलामा पत्थरीसमेत छ । उमेरले डाँडो काटिसकेको, चाउरी परेको अनुहार र मैला लुगा अनि शरीरमा बाँकी हाड र छाला मात्रैले उहाँको परिचय बनेको छ ।
इन्द्रमायाको हिजोआज समय अलिकति फेरिएको छ । उहाँ हिँडडुल गर्न, कहिलेकाहीँ सभा सम्मेलन, गोष्ठी र हाटबजार हिँड्न थाल्नुभएको छ । गाउँले अहिले प्रत्यक्ष रुपमा बोक्सीको आरोप लगाउन सक्दैनन् । स्थानीय अधिकारकर्मी, दलित सचेतना समाज नेपाल लगायतका अधिकारवादी सङ्घसंस्थाको पहलमा उहाँ घरबाहिर निस्कन सक्ने हुनुभएको हो । वृद्धाभत्ता पाएयता परिवार आफैँले चलाउँदै गर्नुभएका इन्द्रमायाले नयाँ लुगा नलगाएको पनि वर्षौँ भयो । उहाँले कहिले छोरीले त कहिले कसैले दिएका लुगाबाट आफ्नो दुःख टार्दै आउनुभएको छ ।
चार छोरी र दुई छोरा जन्माउनुभएका इन्द्रमायाको यतिबेला दुई मानसिक रोगी छोरीसँंगै जेठा छोरासमेत मानसिक रोगी भई उपचारपछि निको भए पनि सर सराउँदो अवस्थामा छैनन् । कान्छो छोरो भने अरुभन्दा केही सबल देखिन्छन्, उनले यस वर्ष १२ कक्षाको परीक्षा दिएका छन् । उनलाई अब कसरी पढाउने र पालन पोषण कसरी गर्ने भन्ने चिन्तै चिन्तामा उहाँ हुनुहुन्छ । श्रीमान् झप्पुबहादुर पनि दमका रोगी छन् तर उनी हिजोआज घरमा भन्दा बढी समय रक्सी खानमा ध्यान दिने र घरको समस्या नबुझ्ने भएका छन् । बल र बैँस सकिएर हातपाउ बसिसकेका झुप्पबहादुर दिनभरि दाम्लो, डोको र नाम्लो बुनेर कमाएको पैसा एकैछिनमा रक्सी पिएर सक्ने गर्छन् ।
कमलाको उपचारमा परिवार र समाजले पहल नगरेको पनि होइन तर भनेजति रकम जुटाउन नसक्दा र औषधि निरन्तर खुवाउन नसक्दा आफूले केही गर्न नसकेको इन्द्रमायाले दुखेसो सुनाउनुभयो । अहिले भने इन्द्रमायाका लागि सङ्घीय सरकार, जनता आवास कार्यक्रमअन्तर्गत एउटा घर निर्माण भइरहेको छ । गरीबीकै कारण घर बनाउँदा आफूले गर्नुपर्ने श्रमदान र आवश्यक सामग्री जुटाउन नसकेर समयमै घर निर्माण पूरा हुन सकेको छैन । बस्नका लागि घर बन्दै गरे पनि लाउन, खान आफ्नो बारीमा फलाएको अन्न बालीले पुग्दैन । वृद्ध भत्ताकै आशमा आफ्नो परिवार धान्दै आउनुभएका इन्द्रमाया स्थानीय तहको सरकारको आशमा रहेको बताउनुहुन्छ ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७