

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको छ । ब्रिस्बेनको गाब्बामा भइरहेको यस खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि खेल अबरुद्ध भएको थियो । भारतले विनाकुनै क्षति ४ रन बनाएको छ ।
यसअघि अस्ट्रेलियाको दोस्रो इनिङ २९४ रनमै समेटिएको थियो । अस्ट्रेलियाका खेलाडी स्टिभेन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । भारतीय बलर मोहम्मद सिराजले पाँच विकेट लिएका थिए भने शार्दुल ठाकुरले ४ तथा वासिङटन सुन्दरले एक विकेट लिएका थिए ।
पाँचौं दिन भारतसामु कठिन लक्ष्य हुनेछ, किनभने गाब्बाको खेल मैदानमा पछिल्ला वर्षहरुमा २५० रन भन्दा बढी बनाउन निकै मुश्किल पर्ने गरेको इतिहास छ । यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा भारतले पहिलो इनिङमा ३३६ रन बनाएका थिए । भारतीय टीमका अनुभवी केही खेलाडीहरु चोटग्रस्त भएपछि युवा तथा अनुभव कम भएका खेलाडीलाई पनि मौका दिइएको छ । तर उनीहरुको प्रदर्शन निकै दर्शनीय रहेको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७