

लहान । सामुदायिक वनबाट हरियो काठ कटान गरेको भन्दै डिभिजन वन कार्यालय लहानले यहाँका एक समिललाई सिल गरेको छ । सामुदायिक वन भित्रको हरियो साल रुख अवैधरुपमा कटान गरी मिलमा ल्याएर चिरान गरिरहेको पाइएपछि कार्यालयले लहान नगरपालिका–३ स्थित राजकुमार समिललाई सिल गरेको हो ।
डिभिजन वन कार्यालय लहानका रेञ्जर देवेन्द्र पासवानको नेतृत्वमा खटिएको गस्ती टोलीले समिलमा साल जातको हरियो काठ चिरान गरिरहेका अवस्थामा बरामद भएपछि तत्काल समिलमा सिल गरिएको कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।
अवैध तरिकाबाट वन क्षेत्र भित्रको साल जातको हरियो रुख कटान गरी चिरान गरिरहेको अवस्थामा उक्त समिलबाट वन कर्मचारीको ३६ थान चिरानको ३६ दशमलव ५३ क्यूविफिट काठ बरामद गरेको उहाँले बताउनुभयो । सो क्रममा समिल सञ्चालक र कामदार वन कर्मचारीलाई देखेर फरार भएको थियो । सो सालको काठ स्थानीय गोविन्द मुरारी सामुदायिक वनबाट कटान गरी ल्याएको बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७