

खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहले आफ्नो पालिकाभित्रका अति गरीब र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका घर माटोको छनामुक्त बनाउन थालेका छन् । यहाँको तिला गाउँपालिकाले पहिलो चरणमा वडा नं ३ स्थित फलबाडा गाउँलाई माटोको छानामुक्त गाउँ अभियान थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले बताउनुभयो । गाउँ कार्यपालिको बैठकले सो वडाको गाउँलाई छनोट गरी कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई तथ्याङ्क पठाएको प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ ।
उहाँले भन्नुभयो, “पालिकाभित्रका सबै स्थानीय बासिन्दाको घर माटोको छानाले छाएका छन् । यो वर्षको सबै बजेट एउटै वडाको एक गाउँलाई छनोट गरी विकासे योजनालाई देखिने गरी काम शुरु गरेका छौँ ।” यो अभियान क्रमशः पालिका नौवटै वडाका गाउँमा लागू हुने तिला गाउँपालिका जनाएको छ । प्रतिघरलाई रु ५० हजारका दरले सो वडाका करीब २५० घरधुरीलाई पहिलो चरणमा माटोको छानामुक्त घर गर्न थालेको गाउँपालिकाका सामाजिक विकास अधिकृत जङ्गबहादुर बस्नेतले बताउनुभयो ।
गाउँपालिका सातवटै वडाका ६५ जना आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई छनोट गरी माटोको छानामुक्त गर्नका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई तथ्याङ्क पठाइसकेकाले र त्यहाँबाट बजेट आउने बित्तिकै माटोको छनामुक्त घर निर्माण गर्न लागि पर्ने पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । धनजनको हुने क्षति बचाउनका लागि माटोको छाना हटाएर जस्तापाताको छाना प्रयोग गरिने यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । सो पालिकाले पनि दोस्रो चरणमा यहाँका सबै वडाका गाउँलाई माटोको छानामुक्त गाउँ गरिने गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो ।
यो कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहले पनि सञ्चालन गरेका छन् । जिल्लाको हिमा, सिञ्जा, तातोपानी, कनकासुन्दरी, गुठीचौर र चन्दननाथ नगरपालिकामा पनि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य अन्तिम चरण पुगेको ती स्थानीय तहका सामाजिक विकास शाखाले जनाएका छन् ।
समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७