TRENDING
होमपेज
लागुऔषध सहित एक पक्राउ


वाग्मती । मकवानपुरको मनहरि गाउँपालिकाबाट पाँच केजी अवैध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २८ वर्षीय बुद्धिमान तामाङ रहेको छ । इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीको टोलीले मनहरिको वडा नं ७ स्थित मनहरि खोलाको बगरबाट उक्त परिमाणको गाँजासहित उहाँलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।
खोलाको बगरमा शङ्कास्पद अवस्थामा हिँडिरहेको देखिएपछि शङ्का लागेर प्रहरीले झोला जाँच गर्दा गाँजा बरामद भएपछि उहाँलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७