

लागोस । नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्राप्त समाचारमा नाइजेरियाको मध्य भागका दुई ठूला राजमार्गमा बुधबार सवारी दुर्घटना भएको थियो । नाइजेरियाको लोकोजा कागी राज्यमा बुधबार विहान सो दुर्घटना भएको थियो ।
त्यसमा परी १४ जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परी ज्यान जानेमा ११ जना महिला र तीन पुरुष रहेका छन् । सो दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते पनि भएका छन् ।
त्यसैगरी नाइजेरियाको काबा क्षेत्रमा पनि यस्तै सवारी दुर्घटना भएको थियो । त्यसमा परी अरु आठ जना यात्रुको निधन भएको छ । ती दुर्घटनाहरुमा परी अरु २६ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७