

काठमाडौँ । पूर्व–पश्चििम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको बा१ग १९८१ नंको नेपाली सेनाको वानटनले सोही दिशाबाट जाँदै गरेको स.५प ५०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो ।
सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७