

काठमाडौैैँ । चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दशमहिनापछि यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला गरेको थियो ।
विभागका महानिर्देशक गगन हमाल र प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्कर अलिलाई अनलाइन फारम भर्न सहज वातावरण मिलाउनुपर्ने माग गर्दै सोमबार यातायात विज्ञ देवेन्द्र प्रधान र ज्ञानेन्द्र शाहीले ध्यानाकर्षण गराउनुभएको छ । चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहनुभएका प्रधानले चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका बताउनुभयो । उहाँले भन्नुभयो “बल्ल बल्ल दश महिनामा प्रयोगात्मक परीक्षा खुला भयो । लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या र झन्झटिलो भयो । यसलाई सहज बनाउन जरुरी छ । तत्काल यातायात व्यवस्था विभागले ध्यान दिनुपर्छ ।”
यातायात व्यवस्था विभाग अन्तर्गत ठूलो भ¥याङ कार्यालयले हाल दैनिक साना ठूला गरी तीनसय जनाले मात्र अनलाइन फारम भर्ने व्यवस्था मिलाएको जनाइएको छ । अनलाइन फरम सीमित गरिँदा सेवाग्राही समस्यामा परेको विज्ञ प्रधानले बताउनुभयो । कार्यालयले अनुमतिपत्रका लागि लिखित परीक्षा पास गरी प्रयोगात्मक परीक्षाका लागि बाँकी रहेका ८१५ जनालाई प्रयोगात्मक परीक्षाको व्यवस्था मिलाएको छ ।
यसका लागि सो भेहिकल एकेडेमीले परीक्षा सञ्चालन गरिहेको छ । नेपालको सबैभन्दा ठूलो र सुबिधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ । एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुबिधा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्र्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी, ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।
सरकारले अबलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागि तीनखम्बे अर्थनीति अनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङग्रे, चारपाङग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिनुभयो ।
यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङ्का प्रमुख सञ्जय थापाले चालक अनुमति पत्रलिन अनलाइन फारामलाई व्यवस्थित गरिने जानकारी दिनुभयो । उहाँले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरको अवलोकन गर्दै कोरोनाका कारण लिखित परीक्षा पास भएका प्रयोगात्मक परीक्षा बाँकी रहेकाको एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुने बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७