

महोत्तरी । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारू जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारू र मगर बस्तीमा तिलासक्रायत पनि भनिने माघेसङ्क्रान्ति पर्वको चहलपहल बढेको हो ।
महोत्तरीसहितका मिथिला क्षेत्रका थारू बस्तीमा यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहोमा लागेका छन् । पर्वका लागि छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जीलाई डाक्न थालिएको पाका थारूको भनाइ छ । “अब पवनी (पर्व) आई त हाल्यो”, चिउरा कुट्न धान भिजाउँदै गरेकी भङ्गाहा नगरपालिका–४ रामनगरको थारूटोलकी रसिया थारूले भन्नुभयो, “सबै कुराको जोगार ९जोहो० मा लाग्नुपर्यो नि ।” पर्व नजिकिएसँगै थारू बस्तीका घरघरैजसो सर्जाम ९पर्वका लागि आवश्यक वस्तु जुटाउने चटारो बढेको रसिया बताउनुहुन्छ ।
त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेको मगर समुदायमा पनि माघेसङ्क्रान्ति पर्वको तयारी बढेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनीलाई चाडमा डाक्ने चलन छ । महोत्तरीका उत्तरी क्षेत्रका बर्दिवास र गौशाला नगरपालिकाका सबैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ । यसैगरी बर्दिवासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्रमा थारू बसोबासको बाहुल्य छ ।
पर्व नजिकिँदै गर्दा थारू र मगर बस्तीमा टाढाटाढा काममा गएकाहरु घर आउने क्रम शुरु भएको छ । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारू बसोबास बाहुल्यका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर, बर्दिवासको मेघरोल र रामगोपालपुर नगरपालिकाको बिश्वम्भरपुर थारू बसोबासका बस्ती हुन् ।
थारू र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजातिमा पनि यो पर्वको तयारी बढेको छ । पर्व मुखमै आइपुग्दा जिल्लाका बजारमा पर्वविशेषका सामग्रीको बजार जमेको छ । महोत्तरीसहितका मिथिला क्षेत्रमा मकरसङ्क्रान्ति र तिलासक्रायत पनि भनिने यो पर्वमा खास महत्वको मानिने तिल, सक्खर (मिठ्ठा), चिउरा र मुरीको बजार बाक्लै जम्न लागेका छन् । पर्वका लागि केही दिन पहिलेदेखि नै तिल, चिउरा, मुरी ९विशेष प्रकारको चामलबाट बनाइने भुजा० र जुनेलो ९अन्न विशेष० लाई ९सक्खरको खुँदो मिसाएर बनाइने लड्डु० बनाइने मैथिल परम्परा छ ।
तिलासक्रायत पर्वमा तिल, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाई इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो । खास पर्वले चिउरा र मुरीको मूल्यमा खासै फरक नआए पनि तिल र सक्खरको मूल्य भने आकाशिएको छ । यसअघि प्रतिकिलो रु १५० देखि २०० सम्म पाइने तिल अहिले जिल्लाका बजारमा रु ३५० सम्म र सक्खर प्रतिकिलो रु १०० सम्म पुगेको बजारु उपभोक्ताले बताएका छन् ।
तिलासङ्क्रान्ति पर्व नजिकिँदै आउँदा सर्वसाधारण उपभोक्ता चर्को मूल्यमा पर्ने भए पनि महोत्तरीका तिल र उखु किसानले भने थोरै राहत महसुस गरेका छन् । जग्गामा तिल थोरै उत्पादन हुने हुँदा अहिले पाएको मूल्यले अन्य बालीसरह रकम प्राप्त हुनुले केही सन्तोष दिलाएको तिल उत्पादक किसान बताउँछन् । एक दशक पहिलेसम्म १०० हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तिलखेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ ।
त्यसैगरी चिनी उद्योगले समयमा भुक्तानी नदिँदा दैनिक गर्जो टार्न सकस परेको बताउने उखु किसान पर्वलाई लक्षित गरी घरघरै उखु पेलेर मिठ्ठा, सक्खर बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठा (सक्खर) को माग र भाउ दुवै बढ्दा केही राहत भएको बताउँछन् । महोत्तरीसहितका मिथिला क्षेत्रमा तिलासक्रायत पर्वमा तिल, चिउरा र मुरीलाई सक्खरमा मुछेर बनाइएको लड्डु विवाहित छोरी, चेली र मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलनले घरघरमै अहिलेदेखि नै लड्डु बनाउने काममा गृहिणीहरुको तल्लीनता बढेको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७