

गण्डकी । गण्डकी प्रदेशसभा, अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले चाडपर्व आत्मियताका धरोहर भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–३० गगनगौडास्थित गणेश नेवाः खलले योमोरी पुन्हिको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अनेकतामा एकता नेपालको पहिचान भएकामा जोड दिनुभयो ।
चाडपर्वअनुसारका खानाले पनि शरीरलाई पौष्टिक आहार प्राप्त हुने बताउँदै उहाँले हाम्रा पर्व वैज्ञानिक रुपमा पनि महत्वपूर्ण रहेको बताउनुभयो । गणेश नेवाः खलाका अध्यक्ष दीपकराम ढेवाजु, संस्थाका निवर्तमान अध्यक्ष प्रेम लिगल, सल्लाहकार सनतकुमार श्रेष्ठ, संस्थाका पूर्वसचिव नरेशकुमार श्रेष्ठलगायतले पर्व र संस्कृतिको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
संस्थाको विकासमा समृद्धिमा योगदान पु¥याउनुहुने निवर्तमान अध्यक्ष लिगल, तुलसीप्रसाद लिगल, नारायणकुमार श्रेष्ठ र मिसा ःपुचका सदस्यलाई सम्मान गरिएको थियो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७