TRENDING

राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने छ मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताउनुभएको छ । किरात राई यायोक्खा महानगर समितिद्वारा उद्यौली पर्वको उपलक्ष्यमा विराटनगर–११ स्थित किरात राई यायोक्खा सामूहिक चुल्लो भवन (खिम) को आज उद्घाटन गर्दै जनतामा सङ्घीय र प्रदेशमा रहेको स्थिर सरकारको अन्यौलतासम्बन्धी निरासा केही समयभित्रमा सकारात्मक हुनुका साथै विकास र समृद्ध कार्य द्रुतरुपमा अगाडि वढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले लोकतन्त्रमा हामीले हाम्रो भाषा, धर्म र संस्कृति संरक्षणको सङ्गठितरुपमा कार्य गर्नुपर्ने बताउँदै अन्यथा नेपालीको पहिचान हराउने धारणा व्यक्त गर्नुभयो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले चुल्ला हाम्रो मौलिक परम्परा हो भन्दै आफ्नो थलो छोडेर आएकाको व्यावहारिक समस्या सामूहिकरुपमा समाधान भएको बताउनुभयो । महानगर समितिका अध्यक्ष विष्णुकुमारी राईको सभापतित्वमा भएको उक्त उद्घाटन समारोहमा वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, सामाजिक अभियन्ता वसिम आलम र आदिवासी जनजाति महासङ्घ मोरङ अध्यक्ष दिलबहादुर थेवे लगायतले सरकारले सबै जातजातिको धर्म, संस्कृतिको सम्मान एवं संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।