

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीले आज पुस १४ गते आमसभाको आयोजना गरेको छ । नेकपाको माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड पक्षले प्रतिनिधि सभा विघटनका विरुद्ध आज काठमाडौंमा आमसभाको आयोजना गरेको हो ।
यसका लागि जिल्ला जिल्लाका कार्यकर्ताहरुले घचाघच भएका गाडीहरु उपत्यका आइसकेका छन् भने केहि जिल्लाका आउने क्रम चलिरहेको छ । संसद पुनस्र्थापनाका लागि दबाब स्वरुप ५० हजारभन्दा माथीको संख्यामा नेता कार्यकर्ता सडकमा उतारिने नेतृत्वको दाबी छ । यसका लागि उपत्यका सहित नजिकका जिल्लाबाट जनताहरु भेला भएका हुन् ।
टेकुबाट जुलुस सहित अगाडि बढ्दै खुल्ला मन्चमा पुगेर आमसभा गरिने बताइएको छ । आज हुने आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक रुपमा गरेको संसद विघटनका विषयमा स्पष्ट पार्ने कार्यक्रम रहेको छ । आमसभालाई नेपाल, प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ सहित जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
बजारबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७