

काठमाडौं । राष्ट्रिय सभामा केपी ओली समुह अत्पमतमा परेको छ । कुल ४७ जना सदस्यहरु रहेको राष्ट्रिय सभामा ओली पक्षका नेताहरु २३ जना मात्र रहेका कारण ओली समुह अत्पमतमा परेको हो ।
दुई तिहाई बहुमतबाट निर्वाचित प्रम ओलीलाई नेकपा विभाजन पछि सामान्य बहुमत समेत पुर्याउन नसक्ने अवस्था सृजना भएको छ । प्रम ओलीको अडानमा चल्ने बानीलाई यो कुराले भने अड्चन पुर्याउने देखिएको छ । प्रदेशमा चलखेल गरे संकटकाल लगाउछु भन्ने ओलीको चेतावनीका सन्दर्भमा संकटकाल लगाउँदा के कस्तो अवस्था आउला भन्ने चासो जनमानसमा देखिन्छ ।
हालको सरकारले संकटकाल बढिमा ३० दिनको लागि लगाउन सक्ने प्रावधान छ । तथापी ३० दिन भित्र राष्ट्रिय सभाको दुई तिहाई मतले अनुमोदन गरेको खण्डमा यो अवधि बढिमा ३ महिनाका लागि लम्ब्याउन सकिने छ भने दुई तिहाई मतको अनुमोदन नभएको खण्डमा ३० दिन पछि संकटकाल स्वतः हट्नेछ ।
हाल प्रतिनिधिसभा विघटन भई सो को रिट सर्बाेच्च अदालतमा विचाराधिन रहेको अवस्थामा आगामी पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन तय भएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७