

काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकार भेटिएसँगै जापानले आफ्नो मुलक प्रवेशमा रोक लगाएको छ । सोमबार देखि लागु हुने गरी जापान सरकारले विदेशी नागरिकलाई जापान प्रवेश गर्न रोक लगाउने निर्णय गरेको हो । यो प्रतिबन्ध अब छिट्टै विश्वका अन्य मुलुकमा समेत लगाउने तयारी भैरहेको जापानको विदेश मन्त्रालयले जनाएको छ ।
जापानी नागरिकका साथै जापानमा बसोबास गर्दै आएका विदेशीले भने १४ दिन क्वारेन्टाइनमा बस्ने नियमसँगै जापान छिर्न पाउनेछन् । हिजो शनिबार जापानको टोकियोमा नयाँ प्रकारको कारोनाबाट संक्रमित दुई जना फेला परेका थिए । बेलायत भ्रमण गरी फर्केका ति व्यक्तिहरुका साथै यसअघि पनि बेलायत घुमेर फर्केका अन्य पाँच जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको हो । यो प्रतिबन्ध जनवरी अन्तिम सम्म कायम रहने बताइएको छ ।
कोरोनाको नयाँ भेरियन्ट सबैभन्दा पहिला बेलायतमा देखिएको थियो । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वका ४० भन्दा धेरै मुलुकहरुले बेलायतमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७