TRENDING

मुख्यमन्त्री शेरधनराई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, राईले गरे योजनामन्त्री आंबोलाइ पदमुक्त

काठमाडौं । नेकपा विवादको तरंग प्रदेश १ मा तरंगित हुन थालेको छ । नेकपामा ओली निकट मानिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाकै माधन पचण्ड समुहका सांसदहरुद्धारा आज प्रदेशसभामा सो प्रस्ताव दर्ता गराएका हुन् ।

सो समुहले भिम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको सांसद लक्ष्मण तिवारीले जानकारी दिनुभयो । हाल प्रदेश १ का इन्चार्ज रहेका आचार्य यसअघिको मुख्यमन्त्री निर्वाचनमा २ मतले पराजित भएका व्यक्ति हुन् ।

राई विरुद्धको अविश्वासको प्रस्ताबमा नेकपाका ३७ जना सांसदहरुको हस्ताक्षर रहेको छ । आफ्नो विरुद्ध अविश्वासको प्रस्ताव आउने चाल पाएसँगै मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आंबोलाइ हिजै साँझ पदमुक्त गरेका छन् ।

यसका साथै अविश्वासको प्रस्ताव दर्ता हुनुपूर्व नेकपाका ३ जना मन्त्रीहरुले राजीनामा समेत दिएका थिए । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्रीहरू जसमाया गजमेर र विजयकुमार विश्वास रहेका छन्।

प्रदेश नं. १ को प्रदेश सभामा ९३ जना सदस्य रहेका छन् । जसमा नेकपाका ६७ जना सांसद रहेका छन् । त्यस्तै नेपाली काँग्रेसका २१ , जनता समाजवादीका ३ , राप्रपा र सङ्घीय लोकतान्त्रिक मञ्चका एक एक जना प्रदेश सांसद रहेका छन्।